भदौ १३ काठमाडौं ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतको अनुसार दीपा पाण्डे बस्नेत दिनेश डिसी र राजेश थापा सिफारिस भएका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सामु यी तीनजनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ।
सिफारिस गरिएको तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने छ।