देशभरका बालबालिकालाई आज र भोलि भिटामिन खुवाइँदै

कात्तिक १७ काठमाडौं ।

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन खुवाइँदै छ ।

आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रम अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिना देखि ५९ महिनाका बालबालिका र जुकाको औषधि १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइँरहेको छ ।

भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताएका छन् ।

अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

यस कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिँने थापाले बताएका छन् ।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *