तनहुँ भिमादका किसान सयपत्री फूलखेती प्रति आकर्षित

कात्तिक १६ काठमाडौं ।

तनहुँ भिमादका किसान सयपत्री फूलखेती प्रति आकर्षित भएका छन् ।

तनहुँको भिमाद नगरपालिकाका किसानहरु सयपत्री फूलखेती प्रति आकर्षित हुँदै गएका हुन्।

स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिर बाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ ।

भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन् । भने उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले किसानलाई चिन्तित बनाएको छ ।

स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले स्थानीय उत्पादन बाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएको जनाएका छन् ।

भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले दुई–दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् ।

स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको जनाएका छन् ।

नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले किसानलाई फूलखेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताएका छन् ।

स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिर बाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै स्थानीय किसानको आम्दानी बढाउन सकिने अपेक्षा गरिएको थापाले बताएका छन् ।

चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम हुने र फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उचित व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता थपिने गरेको बताएका छन्।

उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रेरणा मिल्ने स्थानीय किसानले बताएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *