कर्णाली प्रदेशले जडीबुटी बेचेर चार करोड बढी राजस्व संकलन

कात्तिक १४ काठमाडौं ।

कर्णाली प्रदेशले जडीबुटी बेचेर चार करोड बढी राजस्व संकलन गरेको छ ।

बिक्री भएका ५८ प्रजातिका जडीबुटी बाट ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरिएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी महेश नेपालीको अनुसार जडीबुटीमा प्रति केजी ५० रुपैयाँ राजस्व दर भएको १ लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउ बाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको बताएका छन् ।

९६ हजार ७९२ केजी निकासी गरिएको जटामसी बाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व संकलन गरिएको र उक्त जडीबुटीको राजस्व दर ७५ रुपैयाँ रहेको जनाएको छ ।

यार्सागुम्बा (जीवनबुटी) बाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताएका छन् ।

राजस्व दर प्रतिकेजी ४० रुपैयाँ निर्धारण भएको ३४ हजार ४४५ केजी कटुस बिक्री बाट २३ लाख ८१ हजार ६८० रुपैयाँ राजस्व संकलन भएको र प्रतिकेजी २५ रुपैयाँ राजस्व दर भएको सेतक चिनी बाट २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व संकलन भएको जनाएका छन् ।

प्रतिकेजी १० रुपैयाँ राजस्व दर निर्धारण गरिएको टिमुर बाट १९ लाख ३९ हजार ४०० रुपैयाँ, प्रतिकेजी ५० रुपैयाँ राजस्व दर भएको सिलाजित बाट ९ लाख ७७ हजार ८५० रुपैयाँ, प्रतिकेजी २५ रुपैयाँ राजस्व दर भएको सुगन्धवाल बाट ९ लाख ५० हजार ५८० रुपैयाँ, प्रतिकेजी ३ रुपैयाँ राजस्व दर भएको रिठ्ठा बाट ९ लाख ४७ हजार ८३८ राजस्व रुपैयाँ सङ्कलन भएको सूचना अधिकारी नेपालीले बताएका छन् ।

उक्त आर्थिक वर्षमा जम्मा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी सङ्कलन गरिएको मध्ये कर्णाली प्रदेशले १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जटीबुटी निकासी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *