असोज २७ काठमाडौं ।
मुस्ताङमा उत्पादित स्याउ हालसम्म ३० प्रतिशत मात्र जिल्ला बाहिर निकासी भएको छ ।
असोज ११ गतेको परेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई साता सम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको जनाएको छ ।
बेनी–जोमसोम सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको जनाएको छ ।
कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा लालमणि अर्यालको अनुसार यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको बताएका छन् ।
हाल सम्म ७० प्रतिशत बजारमा पठाइसक्नुपर्ने स्याउ ३० प्रतिशत मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको बताएका छन् । भने मुस्ताङमा उत्पादित स्याउ मध्ये १० प्रतिशत मुस्ताङमै खपत हुने गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान रहेको बताएका छन् ।
गत वर्षको तुलनामा स्याउ उत्पादन वृद्धि भएकाले यस वर्ष झन्डै रु.२ अर्बको स्याउ बिक्री हुने गरेको बताएका छन् ।
भारी वर्षाले अवरुद्ध बेनी—जोमसोम सडक मर्मत पछि सडक सञ्चालन भए पनि उक्त सडक पूर्ण रुपमा सहज भने अझै भइसकेको छैन ।
मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बजारमा बढी खपत हुने गर्छ ।
सडक सञ्चालन भएसँगै मुस्ताङका पाँचै स्थानीय तहमा उत्पादन भएको स्याउ धमाधम बिक्रीका लागि बजार पठाउन सुरु गरिएको छ ।
