मंसिर ११ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६२८ अंक कायम भएको छ ।
आज ४ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ ।
एनआईसी एसिया बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत, मान्डु हाइड्रोपावरको ४.७६ प्रतिशत र बेस्ट फाइनान्सको ४.३० प्रतिशत बढ्यो ।
उपकार लघुवित्तको ३.१३ प्रतिशत, माथिल्लो मैलुङखोला जलविद्युतको ३.०६ प्रतिशत, बैंकिङ ०.०७ प्रतिशत तथा निर्जीवन बीमा ०.३० प्रतिशत बढ्यो ।
विकास बैंक ०.७६ प्रतिशत, फाइनान्स ०.०४ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत र लगानी ०.४१ प्रतिशत घट्यो ।
जीवन बीमा ०.३० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत, माइक्रोफाइनान्स ०.५२ प्रतिशत, अन्य ०.४४ प्रतिशत तथा व्यापार ०.१७ प्रतिशत घट्यो ।
सोपान फर्मास्युटिकल्सको मूल्य ५.३७ प्रतिशत, युनिक नेपाल लघुवित्तको ४.६४ प्रतिशत र बेनी हाइड्रोपावरको ४.२७ प्रतिशत घट्यो ।
भुजुङ हाइड्रोपावरको ४.२१ प्रतिशत स्वस्तिक लघुवित्तको ३.९४ प्रतिशत तथा बोटलर्स नेपाल तराईको मूल्य ३.४९ प्रतिशत घट्यो ।
