आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कात्तिक ११ काठमाडौं ।

आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ ।

जस अनुसार अमेरिकी १ डलरको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

जापानी येनको १० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७८ पैसा र बिक्री दर २२ रुपैयाँ ८७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ २९ पैसा निर्धारण भएको छ ।

युरो एकको खरिद दर १६९ रुपैयाँ २१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ २४ पैसा र बिक्री दर २०३ रुपैयाँ ०४ पैसा र अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ७१ पैसा तथा बिक्री दर १०७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

क्यानाडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ३५ पैसा र बिक्री दर १०८ रुपैयाँ ७७ पैसा, दक्षिण कोरियन वन एक सयको खरिद दर ११ रुपैयाँ ४४ पैसा र बिक्री दर ११ रुपैयाँ ४९ पैसा र कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६७ पैसा र बिक्री दर ४१ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

युएईको दिराम १ को खरिद दर ४१ रुपैयाँ ३६ पैसा र बिक्री दर ४१ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिद दर ४९२ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९४ रुपैयाँ ८६ पैसा र भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले यो विनिमय दर खुला बजारको प्रयोजनको लागि सार्वजनिक गरेको आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *