असोज २७ काठमाडौं ।
चितवनमा अङ्गुरको परीक्षण सुरु गरेको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरु गरेको हो ।
चितवनमा रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको जनाएको छ ।
अङ्गुरको परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाले बताएका छन् ।
नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको र न्यानो हावापानी क्षेत्रमा हुने दुई जातको परिक्षण सुरु गरिएको लामाले जानकारी दिएका छन्।
भारत बाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको र परीक्षण सफल भयो भने कृषकलाई अङ्गुरखेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको जनाएको छ ।
सोनाका ब्ल्याक जातको अङ्गुर किस्मिस बनाउन प्रयोग गरिन्छ भने ग्रिन फलफूलका रुपमा खान प्रयोग गरिने उनले जानकारी दिएको छन् ।
नगरपालिकाले रु.५ लाखको लागतमा आफ्नै निगरानीमा परीक्षण गरिरहेको बताएका छन् । भने जाइका नेपालको प्राविधिक सहयोग अङ्गुरको बिरुवा ल्याएर रोपिएको जनाएका छन् ।
रोपेको एक वर्ष पछि उत्पादन दिन थाल्ने भएको अहिले अङ्गुर रोपिएको ठाउँको रेखदेखका लागि जाइकाले १ जना स्वयंसेवी खटाएको बताएका छन्।
जसले नियमित अङ्गुरको रेखदेख र वृद्धिविकासका बारेमा ध्यान दिने गरेको बताएका छन् ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कृषि र पर्यटन जोड्नका लागि पालिकाले परीक्षण थालेको बताएका छन् ।
