भोजपुरको किसान मौसम खुलेसँगै धान भित्र्याउन व्यस्त

कात्तिक १७ काठमाडौं ।

भोजपुरका किसान मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त भएका छन् ।

वर्षाका कारण रोकिएको धान काट्ने काममा मौसम सुधार भएसाँगै भोजपुरका किसान धानबाली भित्र्याउने व्यस्त भएका हुन् ।

बेमौसमी वर्षाले रोकिएको काम पाकेर खेतमा पहेँलपुर भएको धान अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । भने कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् ।

भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताएका छन् ।

अहिले मौसम खुलेपछि राहत मिलेको छ’, उनले भने, ‘अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेको बताएका छन् ।

वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताएका छन् ।

धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । भने जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुँदै आएको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *