कात्तिक १७ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६६४ अंक कायम भएको छ ।
आज ५ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ ।
आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०७ प्रतिशत, बैंकिङ ०.५२ प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, जलविद्युत् ०.३१ प्रतिशत र जीवन बीमा ०.०९ प्रतिशत बढ्यो ।
माइक्रोफाइनान्स ०.१३ प्रतिशत, निर्जीवन बीमा ०.१० प्रतिशत तथा व्यापार ०.१५ प्रतिशत र शिखर पावरको मूल्य सबैभन्दा धेरै ५.९४ प्रतिशत बढ्यो ।
रिभर फल्स पावरको ५.८० प्रतिशत, त्रिशूली जलविद्युतको ३.७७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.२३ प्रतिशत र सानीगढ हाइड्रोको ३.०७ प्रतिशत मूल्य बढ्यो ।
फाइनान्स ०.०१ प्रतिशत, लगानी ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत र अन्य ०.०२ प्रतिशत घट्यो ।
हालै सूचीकृत बेनी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.०४ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ४३.९४ प्रतिशत र युनिभर्सल पावरको २.३३ प्रतिशत मूल्य घट्यो ।
