कात्तिक १६ काठमाडौं ।
नेपालगन्ज भन्सार कार्यालय बाट तीन महिनामा पाँच अर्ब बढी राजस्व संकलन गरेको छ ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा रु. ५ अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काको अनुसार चालु आर्थिक वर्ष २०८३,८४ को साउन, भदौ र असोज तीन महिनामा रु. ५ अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको बताएका छन् ।
साउनका लागि रु. १ अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य रहेकामा रु.१ अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा रु.२ अर्ब ९ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा रु. १ अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोज महिनामा रु.२ अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा रु.१ अर्ब ८९ करोड ४ लाख ७ हजार सङ्कलन भएको बताएका छन् ।
साउन महिनामा मासिक लक्ष्यको ८७.८७ प्रतिशत, भदौमा ८३.०६ र असोजमा लक्ष्यको ८०.३१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
गत आवमा रु. २० अर्ब ११ करोड राजस्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आर्थिका वर्ष २०८३,८४ मा रु. २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ ।
जुन गत आर्थिक वर्षको वास्तविक असुली भन्दा रु.६ अर्ब भन्दा बढी र गत आर्थिक वर्षको लक्ष्यभन्दा रु. १ अर्ब ६५ करोड बढी हो ।
नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्याक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयात बढी हुने गरेको छ । भने जडीबुटी लगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ ।
