विश्वकप टी–२० सेमिफाइनलमा पुग्ने चौथो टिम पाकिस्तान

काठमाडौं, कात्तिक २०

आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीचको समीकरण रोचक बनेको थियो । नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो भने भारत समूहको अन्तिम खेल अगावै सेमिफाइनलमा पुग्यो । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने चौथो टिम बनेको छ यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

 

 

समूह ए बाट न्युजिल्याण्ड विजेता र इंग्ल्याण्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । समूह बी बाट भने विजेता टुंगिन बाँकी छ । भारतलाई समूह विजेता बन्न आइतबारै हुने खेलमा जिम्वाबेलाई हराउनुपर्नेछ । भारत पराजित भएको अवस्थामा पाकिस्तान समूह विजेता हुनेछ । सेमिफाइनलमा समूह ए को विजेता र बी को उपविजेता तथा समूह बी को विजेता र एको उपविजेताबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो बंगलादेश र पाकिस्तानबीचको खेलले लगाएको हो । जित्नैपर्ने खेलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल अगावै ५ विकेट गुमाएर भेट्टाएको हो ।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । शदाब खानले २ विकेट लिए । हरिस राउफ र इफ्तिखर अहमदले समान १ विकेट लिए ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *