साउन २९ काठमाडौं ।
मंसिरमा दशौं राष्ट्रिय खेलकुद हुने भएको छ ।
आगामी मंसिर १६ गते देखि २९ गते सम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
यस अघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएकोमा यस वर्ष मंसिरमा खेल हुने जनाएको छ ।
प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा नभएको कारण यस अघि तय गरिएका मितिमा प्रतियोगिता सञ्चालन हुन नसकेको र अब नयाँ मितिमा प्रतियोगितालाई तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने चुनौती आयोजकलाई परेको छ ।
Post Views: 4
