मेची भन्सार कार्यालयले गर्यो दुई अर्ब राजस्व सङ्कलन

असोज १२ काठमाडौं ।

मेची भन्सार कार्यालयले दुई अर्ब बढी राजस्व सङ्कलन गरेको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो २ महिनामा रु. २ अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको हो ।

भन्सार कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु. ३ अर्ब ७ करोड ५० लाख राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकोमा निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व सङ्कलन गरेको जनाइएको छ ।

साउनमा रु.१ अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा रु. १ अर्ब २७ करोड ९८ लाख ३७ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

भदौमा रु. १ अर्ब ६४ करोड लक्ष्य रहेकामा रु.१ अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन गरेको जनाएको छ ।
साउनको तुलनामा राजस्व सङ्कलन भदौमा सुधार आएको कार्यालयले जनाएको छ । भने साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ्कलन भएकोमा भदौमा ९४.७३ प्रतिशत पुगेको जनाएको छ ।

आर्थिक वर्ष २०८२, ८३ को भदौको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन ९.४३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले बताएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *