१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा

कात्तिक २० काठमाडौं ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृह सहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताएका छन् ।

प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसन मार्फत भइरहेको र उक्त आयोजनाको काम भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननकार्य सम्पन्न हुनुका साथै अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको भण्डारीले बताएका छन् ।

भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङ लगायत प्रमुख संरचनामा उत्खनन तथा कङ्क्रिटिङको काम करिब सम्पन्न भएको र मुख्य सुरुङको कङ्क्रिट लाइनिङकार्य अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिएका छन् ।

भूमिगत विद्युतगृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम अघि बढेको छ । भने विद्युतगृहमा जेनेरेटर, टर्बाइन, सिसीटिभी, ट्रान्सफर्मर लगायत इलेक्ट्रोमेका निकल उपकरण जडान तथा परीक्षण भइरहेको जनाएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *