असोज १२ काठमाडौं ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनः रामेछाप प्रदेश (ख) बाट बागमती प्रदेश प्रतिनिधिमा युवा नेता सुजन घिसिङ तामाङ (डुप्छेन) को उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको आन्तरिक चुनावी माहोल तातिरहेका बेला एउटै मात्र निर्वाचन क्षेत्र रहेको रामेछापको प्रदेश (ख) मा युवा नेतृत्वको सशक्त उपस्थिति देखिएको छ। ’राष्ट्र निर्माण र जनताको हक–हितका लागि अडिग’ रहने अठोटका साथ युवा नेता सुजन घिसिङ तामाङ (डुप्छेन) ले बागमती प्रदेश प्रतिनिधि (युवा तर्फ) पदमा आफ्नो आधिकारिक उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली कांग्रेसलाई ’परिवर्तनको संवाहक र आर्थिक समृद्धिको आधार’ बनाउने मूल ध्येयका साथ उम्मेदवारी दिएका तामाङले पार्टी संगठनलाई सुदृढ,गतिशील र समय सापेक्ष बनाउन युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको स्पष्ट पारेका छन् ।
बिपी कोइराला लगायत पार्टीका संस्थापक नेताहरूले कोरेको लोकतान्त्रिक बाटो र आदर्शलाई आत्मसात् गर्दै उनले स्थानीय तहका युवाका मुद्दा तथा जनभावनालाई प्रदेश समितिमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तामाङले २०६९ मा इकाई सभापति हुदै नेवि संघ रामेछाप जिल्ला सदस्य,जिल्ला सह–सचिव,नेपाली कांग्रेस बागमती प्रदेश तामाङ बिभाग प्रमुख भएर कार्यभार सम्हालिसकेका छन् ।
रामेछाप प्रदेश (ख) का पार्टी कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभचिन्तकहरूमाझ लोकप्रिय रहेका तामाङले आफ्नो उम्मेदवारीलाई सफल बनाउन सबै समक्ष अमूल्य मत र साथको अपिल गरेका छन् ।
तामाङको यो उम्मेदवारीले स्थानीय तहका युवाहरूमा नयाँ उत्साह थपेको छ । भने पार्टीमा युवा नेतृत्व हस्तान्तरणको अभियानलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।
