असोज १२ काठमाडौँ ।
शिक्षामन्त्री पोखरेल र रसियाका राजदूत एलेक्सी बीच भेटवार्ता भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिक बीच शिष्टाचार भेटवार्ता भएको हो ।
आज सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–रसिया द्विपक्षीय सम्बन्ध तथा आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको जनाएको छ ।
भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास लगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल हुनुका साथै नेपालको जनशक्ति विकासमा रसियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै थप सहकार्य गर्नुपर्ने पोखरेलले बताएका छन् ।
राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसिया इच्छुक रहेको बताउँदै सहकार्यका नयाँ सम्भावना खोजेर दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सकिने धारणा राखेको मन्त्रालयले स्रोतले बताएको छ।
