जेठ २१ कठमाडौं ।
चितवनको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु भएको छ ।
बागमती प्रदेश सरकार बाट ९ करोड रुपैयाँ निकासा भएपछि रोकिएको गौतमबुद्ध रंगशालाको निर्माण कार्य पुनः सुरू भएको हो ।
यस अघि बागमती प्रदेश सरकार बाट बजेट निकासामा ढिलाइ भएको र भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो ।
भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बागमती प्रदेश सरकार बाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको जनाएका छन् ।
रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बीबीआर जेभीले गर्दै आएको छ । ठेक्का सम्झौताको म्याद आगामी २२ पुसमा सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ ।
२०८१ साल असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २२ पुस २०८३ मा काम सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा सम्झौता भएको थियो।
धुर्मस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।
