नर्वे इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा ब्राजिल बाहिरियो

असार २२ काठमाडौं ।

नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्दा ब्राजिल भने बाहिरिएको छ ।

एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । भने ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ ।

यस अघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको ब्राजिललाई यो पटक पुनः नर्वेले विश्वकपमा दोस्रो पटक पराजित गरेको छ ।

नर्वेले अब मेक्सिको र इंग्ल्यान्ड बीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्ने छ । अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए ।

हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २–० को अग्रता दिलाए । हालान्डले हेड गोल गर्दै अग्रता दोब्बर पारेका थिए। दोस्रो गोलका लागि पनि आन्द्रेस सेलड्रुपले नै असिस्ट गरेका थिए ।

ब्राजिलका लागि नेमारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टी मार्फत गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाएका थिए ।

पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टी गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी समेत बनेका छन् ।खेलमा नर्वेले ब्राजिल माथि सुरुवात देखि बल प्रोसेसन राख्दै दबाब बनाएको थियो ।

ब्राजिल विरुद्ध दुई गोल गरे पछि हालान्ड गोल्डेन बुट रेसमा पनि बलियो दाबेदारी दिएका छन् । हालान्डले फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसी समान ७ गोल गरेका छन् ।

असिस्ट र खेल खेलेको मिनेटमा आधारमा हालान्ड एमबा्पे र मेसी भन्दा पछि तेस्रो स्थानमा रहेका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *