नयाँ गन्तव्य अनि नयाँ गोरेटोहरु
आफैमा सिमित रहेका बाटाहरु पनि
लाग्छ कसैले छेकिदिए जस्तो ।।
सोचहरुलाई बदल्ने अनगिन्ती प्रयासहरु
अन्धकारमा गुम्सिएका ती स–साना
सपनाका प्रकाशहरु
लाग्छ अझै पनि आफैले कुल्चिदै छु ।।
दगमगाएका पाइलाहरु खोई कता पो पुग्ने हो
कल्पनाको दुनियामा छु अझै पनि
वास्तविकता खोई कसरी पो बुझ्ने हो ।।
मैले नबुझेको हो या, बुझ्न नजानेको हो
या भनौ बुझेर पनि भ्रमित भएको हो
कुन बाटो रोजौ अझै पनि अलमलमा छु ।
गन्तव्य हिन छु या भनौ
अझै पनि म तेहि नै उभि रहेको छु
सायद कोसिस मै चल्दैछ होला र कोरिदै पनि
बुझ्न नसकेका मेरा यी जिवनका पानाहरु ।।।
Post Views: 18