असोज २० काठमाडौं ।
हिजो देखि अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याए पछि खुलेको छ ।
सोमबार २० व्यक्तिले हिउँ पन्छाए पछि मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको पदमार्ग थोरङला पासको बाटो खुलेको हो ।
मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिए पछि बाटो खुलेको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले बताएका छन् ।
लमजुङको बेसी शहर देखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन् । भने मनाङ–मुस्ताङ अन्नपूर्ण चक्रीय पदमार्गमा बर्सेनि पाँच महिना मात्रै पर्यटकीय पदयात्रा हुने गर्छ ।
८–११ असोजसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा पर्यटक आवागमन बन्द भएको थियो ।
विश्वकै प्रख्यात पदमार्गको रूपमा स्थापित राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पदमार्ग विदेशी पर्यटक साहसिक पदयात्रा गर्न रुचाउँने गरेका छन् ।
