मंसिर ३ काठमाडौं ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थि वर्षको कात्तिक महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन छ ।
कात्तिक महिनामा १७ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा १७ अर्ब ७९ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैलालीले बताएका छन् ।
भन्सार कार्यालयले लक्ष्यभन्दा १५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिएका छन् ।
गत कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलाम लगायत विभिन्न व्यापारिक वस्तुको आयात बाट सबैभन्दा बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले गत भदौदेखि लगातार लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको छ । भने कार्यालयले वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व संकलन गरिसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिएका छन् ।

