शरद् ऋतुमा हिमाल आरोहणका लागि ७० देशका आरोहीले लिए अनुमति

असोज २२ काठमाडौं ।

शरद् ऋतुमा हिमाल आरोहणका लागि ७० देशका आरोहीले अनुमाति लिएका छन् ।

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीका ७८८ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले दिएको जानकारी दिएको छ ।

३१ हिमाल आरोहणका लागि ५८२ पुरुष र २०६ महिलाले आरोहण अनुमति लिएको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिएका छन् ।

आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोही बाट २४ करोड ७२ लाख ७ हजार ६०१ राजस्व संकलन गरेको जनाएको छ ।

आरोहण अनुमति प्रदान गरेका हिमाल मध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएको जनाएका छन् ।

आरोहीहरू बाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि ५ टोलीका ३६ जनाले आरोहण अनुमति लिएको र हरुबाट विभागले ८२ लाख ४२ हजार ५० राजस्व सङ्कलन गरेको छ ।

हिम्लुङ हिमालका लागि ३ टोलीका ३४ आरोहीले अनुमति लिएको उनीहरु बाट विभागले २० लाख ८७ हजार ८०० रोयल्टी संकलन गरेको जनाएको छ ।

त्यस्तै आमादब्लम हिमाल आरोहणका लागि २ टोलीका १९ जनाले आरोहण अनुमति लिएको र उनीहरु बाट विभागले २९ लाख १२ हजार राजश्व संकलन गरेको जनाएको छ ।

पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरी लगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

उक्त हिमाल आरोहण गर्नका लागि ७० देशका ७८८ आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छन् ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना रहेका छन्। यसबाहेक रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, स्वीट्जरल्याण्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३, जापानका २५ जनाले आरोहण अनुमति लिएका छन् ।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ नेपाली रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *