असोज २६ काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्जमा पुनः जिप सफारी सुरु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र वर्षाको कारण असार १७ गते बाट बन्द भएको जिप सफारी पुनः यही असोज २३ गते बाट सुरु गरिएको हो ।
वर्षाको कारण बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु गरिएको निकुञ्ज स्रोतले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाशा थापा मगरको अनुसार वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरु सकिएसँगै जिप सफारी सुरु गरिएको जिानकारी दिएका छन् ।
निकुञ्जमा सौराहा क्षेत्र बाट ३२ वटा, कसरा बाट २२ वटा यस्तै मेघौली बाट ११ वटा, अमलटारी बाट आठवटा र माडी बाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् ।
निकुञ्ज भित्र जिपमा चढेर घुम्ने पर्यटकले मुख्य रुपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ लगायत वन्यजन्तुको अवलोकन गर्न पाउने छन् ।
