चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदानलाई व्यवस्थित गरिँदै

मंसिर १० काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदानलाई व्यवस्थित गरिने भएको छ ।

चालु आर्थिक वर्षमा १ हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्न लागेको चितवन राष्ट्रिय निकुञ्ज स्रोतले जनाएको छ ।

वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

लक्ष्य अनुसार १२५ हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको र बाँकी क्षेत्रमा व्यवस्थित गर्ने काम अघि बढिरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।

निकुञ्जभित्र रहेका ५८ भन्दा बढी प्राकृतिक तालतलैया तथा सिमसार क्षेत्रले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

तिनको संरक्षण तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ४ वटा नयाँ पोखरी निर्माण गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तिवारीले जानकारी दिएका छन् ।

तीमध्ये एउटा पोखरी निर्माण सम्पन्न भएको र बाँकी ३ वटा निर्माणको प्रक्रियामा रहेका तिवारीले बताएका छन् ।

घाँसे मैदान र सिमसार क्षेत्र व्यवस्थित गर्ने कार्यनले वन्यजन्तुलाई आवश्यक आहार तथा पानीको उपलब्धता सहज बनाउनुका साथै उनीहरूको प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने निकुञ्जले अपेक्षा गरेको छ ।

घाँसे मैदान व्यवस्थापनसँगै वन्यजन्तु अवलोकनका लागि निकुञ्जको पूर्वी क्षेत्र, लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माण गर्ने योजना रहेको वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिएका छन् ।

एउटा मचान निर्माणमा करिब रु ५० लाख खर्च लाग्ने अनुमान गरिए पनि अहिले त्यसको विस्तृत लागत अनुमान तयार गर्ने काम भइरहेको बताएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *