धार्मिक पर्यटकका लागि  भिमसेनस्थान मन्दिर

मंसिर ८, काठमाण्डौ

दिपेश सिंजाली मगर

मानिसको जन्म पछी सामाजिक परिवेश, रहनसहन, परिस्थिति जस्तो जीवनशैलीमा हुर्केको हुन्छ । त्यो समाजको हरेक व्यक्तिमा देखिन्छ । गाँस,बास र कपास संगै मानिसको अनगिन्ति इच्छा आकांक्षा हुन्छन ।

 

ति धेरै मध्ये एक हो धार्मिक आस्था र विश्वास, जसको प्राप्तिको निम्ति रामेछाप नगरपालिका-९, ल्यांगल्यांग डाँडामा स्थित प्राचीन धार्मिक र पुरातात्विक धरोहरहरूमध्ये भिमसेनस्थान मन्दिर एक गन्तव्य स्थल बन्न सक्दछ । रामेछाप नगरपालिकाले यहि आधारलाइ व्यावसायिक पर्यटन प्रवधन गर्न यो मन्दिरलाई पनि समेटेको छ ।

स्थानीय जनविश्वास अनुसार मल्लकाल तिर यो मन्दिर स्थापना भएको मानिन्छ तर पुरातात्विक विभागद्वारा वि.सं. २०६६ मा प्रकाशित सर्वेक्षण विवरण अनुसार यस मन्दिरको शिलालेखमा वि.सं. १८४९ को उल्लेख पाइन्छ ।


१२ वर्ष देखि पुजारी काम गर्दै आउनु भएका पुजारी धन बहादुर श्रेष्ठले बताउनु भए अनुसार गाउँमा कुनै रोगलाग्दा भाकल गर्ने, विदेश जान पाउ भनि भाकल गर्ने आदि आफ्नो मनोआकांक्षा पुराहोस् भनी भाकल गर्ने र पछी कसैले भोग(बलि) दिने, कसैले फुल अक्षेता पाती चढाई भाकल बुझाउने परम्परा रहेको संगै आज सम्म भीमसेन पुज्ने भक्तजनहरुलाई फलिफाप भएको बताउनुहुन्छ पुजारी धनबहादुर श्रेष्ठ ।


यो मन्दिरमा कार्तिक पुर्णिमा, महाशिवरात्रि, दशैको फूलपाती र नवमीका दिन ठूलो धार्मिक मेला लाग्ने गर्दछ। धार्मिक पर्यटकहरूका लागि यो मन्दिर इतिहास र आस्थाको अनुपम चौतारी बन्न सक्दछ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *