मंसिर ९ काठमाडौँ ।
आज बाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
अभियानको अवसरमा लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र न्यायको सुनिश्चितताको सबै पक्ष एकजुट हुन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आह्वान गरेकी छन् ।
काठमाडौंमा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा मन्त्री बादीले हिंसामुक्त, विभेदरहित, सुरक्षित र न्यायपूर्ण समाज निर्माण सरकारको प्राथमिकता भएको बताको छीन् ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वव्यापी रूपमा सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अगाडि बढाइएको छ ।
सम्बोधनका क्रममा मन्त्री बादीले संविधान, कानुन तथा विभिन्न नीतिगत व्यवस्थाका बाबजुद घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, जातीय विभेद, मानव बेचबिखन तथा डिजिटल माध्यमबाट हुने हिंसा अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको उल्लेख गर्दै विशेषगरी दलित महिला, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, बालिका, किशोरी तथा सीमान्तकृत समुदाय हिंसाको थप जोखिममा रहेको र न्याय पहुँचवालाका लागि मात्र नभई प्रत्येक नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिँदै उनले हिंसा प्रभावित व्यक्तिलाई न्याय खोज्ने क्रममा थप पीडा र असुरक्षा भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएको छन् ।
महिला सशक्तीकरण, सीप विकास, रोजगारी, उद्यमशीलता तथा आर्थिक आत्मनिर्भरतालाई पनि हिंसा न्यूनीकरणका महत्त्वपूर्ण आधारका रूपमा अघि बढाइने बताएको छन् ।
सङ्घ, प्रदेश, स्थानीय तहबीच समन्वय र सहकार्य सुदृढ गर्दै हिंसा प्रभावित नागरिकको संरक्षण र न्यायमा पहुँच विस्तार गरिने मन्त्री बादीले बताएको छिन् ।
महिला हिंसासम्बन्धी सहायता आवश्यक परेमा राष्ट्रिय महिला आयोगको हेल्पलाइन ११४५ तथा बालबालिकाको संरक्षणका लागि बाल हेल्पलाइन १०९८ र १०४ मा सम्पर्क गर्न समेत मन्त्री बादीले आग्रह गरेको छीन् ।
