दोस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला – वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ।
आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ गते सोमबारबाट सुरु हुने जनाएको छ । प्रतियोगिता बैशाख १ गतेसम्म संचालन हुने संयोजक सुबाश श्रेष्ठले जानकारी दिनुभयो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा देशभरका जिल्ला, क्लब र तीन विभागीय टोलीका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा ३०० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ ।