सुनसरीको बराहक्षेत्रमा कात्तिक पूर्णिमा मेला सुरु

कात्तिक २० काठमाडौं।
सुनसरीको बराहक्षेत्रमा कात्तिक पूर्णिमा मेला सुरु भएको जनाएको छ।

सुनसरीको ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल बराहक्षेत्र मन्दिर परिसरमा कात्तिक पूर्णिमा देखि १५ दिन सम्म लाग्ने मेला सुरु भएको हो।

हरेक वर्ष कात्तिकको ठुली एकादशी देखि सुरु हुने मेला १५ दिनसम्म लाग्ने मेलामा सहभागि हुन देशभरिका साथै भारतका विभिन्न स्थान बाट आउने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

सुनसरीको बराहक्षेत्रमा प्रत्येक वर्षको कात्तिक पूर्णिमामा स्नान गर्न, पूजापाठ गर्न, रुद्राभिषेक तथा पितृ उद्धारका लागि श्राद्ध गर्न भक्तजन आउने गर्छन्।

नेपालका विभिन्न जिल्लासँगै भारतका बिहार, सिक्किम, दार्जिलिङ लगायतका क्षेत्र बाट पनि दर्शनार्थीहरू आउने गरेको बराहक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिएका छन्।

मेलाको भीडभाडका कारण हुने दुर्घटना हुँन नदिन सुरक्षाका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर बाट पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *