आज सेयर बजार नेप्से परिसूचक २६७४ अंक कायम

असार ९ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६७४ अंक कायम भएको छ ।

आज ४ अर्ब ३६ करोडको सेयर कारोबार भएको छ । जम्मा २२ कम्पनीको मूल्य बढ्दा २३९ को घट्यो भने ११ को स्थिर रह्यो ।

दुई नयाँ कम्पनी टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९२ प्रतिशत, बैंकिङ ०.२९ प्रतिशच, विकास बैंक ०.४३ प्रतिशत, फाइनान्स १.२८ प्रतिशत, होटल तथा पर्यटन १.११ प्रतिशत र जलविद्युत् १.६३ प्रतिशत घट्यो ।

लगानी १.०३ प्रतिशत, जीवन बीमा ०.८५ प्रतिशत, माइक्रोफाइनान्स ०.६९ प्रतिशत, निर्जीवन बीमा १.०१ प्रतिशत, अन्य ०.६७ प्रतिशत तथा व्यापार १.५७ प्रतिशत घट्यो ।

बुंगल हाइड्रोपावरको मूल्य १५ प्रतिशत, एपोलो हाइड्रोपावरको ११.१२ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ७.०५ प्रतिशत, कालिन्चोक हाइड्रोपावरको ५.६४ प्रतिशत मूल्य घट्यो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *