असोज ६ काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री तोब्गे बीच भेटवार्ता भएको छ ।
अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच साइडलाइन भेटवार्ता भएको जनाएको छ ।
भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
नेपाली जनताको दुःखमा भुटानको साथ रहेको र प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा रहेको समेत बताएका छन्।
बाढी लगत्तै भुटान सरकारले प्रदान गरिएको उद्धार सहयोगका लागि परराष्ट्रमन्त्री खनालले आभार व्यक्त गरेका छन् ।
भेटका क्रममा व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाएको छ ।