आज प्रधानमन्त्री बालेन शाह न्युयोर्क जाँदै

असोज ६ काठमाडौं ।

आज प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने भएका छन् ।

प्रधानमन्त्री बालेन शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन न्युयोर्क जाँने भएका छन् ।

आज साँझ न्युयोर्कमा जान लागेका प्रधानमन्त्री शाहले महासभामा असोज ८ सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ।

शाहले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने जनाएको छ ।

महासभामा भाग लिन यस अघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *