कात्तिक १ काठमाडौं ।
राष्ट्र बैंकले तिहार बिदामा पनि सेवा दिन आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने उल्लेख गरेको छ।
केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै तिहार बिदाको समयमा पनि व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको सूचनामा उल्लेख गरेको छ।
Post Views: 4