स्ट्रेट अफ होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण

असार १२ काठमाडौं ।
स्ट्रेट अफ होर्मुजमा सिङ्गापुरको जहाज माथि आक्रमण भएको छ ।

स्ट्रेट अफ होर्मुजमा एउटा मालवाहक जहाज माथि आक्रमण भएपछि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने आफ्नो अभियान रोकेको हो ।

इरानले आफ्ना स्वीकृत मार्गहरू प्रयोग नगर्न चेतावनी दिएको केही घण्टामै ओमाननजिकै मालवाहक जहाजमा क्षेप्यास्त्र प्रहार भएको थियो । घटनाले इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता टिक्नेमा फेरि आशङ्का उब्जाएको छ ।

बेलायती नौसेना निकाय यूकेएमटीओको अनुसार ओमाननजिकै एउटा मालवाहक जहाजमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । आक्रमण तेहरानले आफ्ना स्वीकृत मार्गहरू प्रयोग नगर्न चेतावनी दिएको केही घण्टामै भएको जनाएको छ।

अमेरिकी अधिकारीहरुले इरानले जहाज माथि आक्रमण गरेको दाबी गरेका छन् । भने इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले आफ्ना मार्ग भन्दा बाहिर जाने जहाजहरूको सुरक्षाको ग्यारेन्टी नहुने जनाएको छ ।

अनधिकृत मार्ग प्रयोग गर्दा हुने परिणामको जिम्मेवार जहाज धनी, सञ्चालक र कमान्डर आफैँ हुनुपर्ने इरानी निकायको प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमा युद्ध अन्त्य गर्ने र स्ट्रेट खोल्ने सम्झौता इरानले पालना नगरे अमेरिकाले पुनः बमबारी सुरु गर्न सक्ने चेतावनी दिएका थिए ।

गत फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भए देखि हर्मुज स्ट्रेटमा महिनौँ देखि सयौँ जहाज र हजारौँ नाविकहरू अलपत्र परेका छन्।

यस अघि अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरान माथि आक्रमण गरे पछिको तुलनामा तेल आपूर्ति पुरानै लयमा फर्कन लागेको र २४ घण्टामा २० मिलियन ब्यारेल तेल बाहिरिएको बताएका थिए ।

तथ्याङ्क अनुसार यस हप्ता होर्मुज स्ट्रेटबाट तेल ढुवानी युद्ध सुरु भएयताकै उच्च विन्दुमा पुगेको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *