असार १२ काठमाडौं ।
सरकारको आश्जवासन पछि चिया क्षेत्र खुलेको छ ।
प्रधानमन्त्री कार्यालयले ‘चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन’ दिएपछि चिया क्षेत्र पुनः खुलेको हो ।
नेपाल बाट भारत पुगेका तयारी चियाको प्रयोगशाला परीक्षणको बहानामा भारतीय पक्षले अवरोध गरे पछि ३ लाख केजी हाराहारी चिया भारतीय गोदाममा थन्किएको थियो ।
भारतीय अवरोधका कारण १० लाख केजी भन्दा बढी नेपालकै गोदाममा थन्किएको भन्दै इलामका उद्योगीले असार १ देखि र झापाका उद्योगीले असार ४ देखि उद्योग बन्द गरेका थिए ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले प्रधानमन्त्री कार्यालयले यथाशीघ्र कूटनीतिक पहल गर्ने र विद्यमान समस्या समाधानमा चासो देखाउने बताए पछि सबै उद्योगहरू खुला भएको जानकारी दिएका छन् ।
आज फाटफुट उद्योगहरू खुला भए,’ बिहीबार साँझ गुप्ताले भने, ‘शुक्रबार देखि झापा, इलाम सहित पूर्वका सबै उद्योगहरू खुल्ने बताएका छन् । बगानहरूमा पनि काम यथावत हुने जनाएका छन् ।
