प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

असोज १३ काठमाडौं ।

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका हुन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच बिदाइ भेट भएको हो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरेका छन् ।

बिदाइ भेटका क्रममा पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा भारतले देखाएको सहयोग तथा नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन सहयोग गरेको प्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद दिएका छन् ।

नेपालका लागि भारतीय राजदूतको आफ्नो कार्यकाल सकेर राजदूत श्रीवास्तव केही दिनमा भारत फर्कंदै छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *