असोज १३ काठमाडौं ।
परराष्ट्रमन्त्री खनालले श्रीलंकाका विदेशमन्त्री हेराथसँग भेटवार्ता गरेको छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथ सँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्तामा श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई मन्त्रीहरूले नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको बताएका छन् ।
भेटका क्रममा उनीहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्ध लगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।
मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद बाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
