शरद् ऋतुमा १८ हिमाल आरोहण बाट २३ करोड बढी राजस्व सङ्कलन

असोज १३ काठमाडौँ ।

शरद् ऋतुमा १८ हिमाल आरोहण बाट २३ करोड बढी राजस्व सङ्कलन भएको छ ।

सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

१८ हिमाल आरोहणका लागि ४७४ पुरुष र १६३ महिलाले आरोहण अनुमति लिएको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिएका हुन् ।

आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोही बाट रु.२३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको जनाएको छ ।

आरोहण अनुमति प्रदान गरेका हिमाल मध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको मनास्लु हिमाल आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएको बताएका छन् ।

आरोहीहरू बाट पर्यटन विभागले रु. २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको बताएको छ ।

धौलागिरि–१ आरोहणका लागि ४ टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि २ टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि २ टोलीका १६ जना, बरुणत्से हिमालका लागि १ टोलीका १० जनाले आरोहण अनुमति लिएका विभागका जनाएको छ ।

मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरी लगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमति बाट रु. १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् रु.२३ करोड ८५ लाख १७ हजार ७९७ नेपाली आम्दानी गरेको जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *