असोज १३ काठमाडौं ।
आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको जनाएको छ ।
आज बस्ने बैठकमा बाढीपीडितहरूको पुनस्र्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।
सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवाको तयारी गरेको स्रोतले जनाएको छ ।
यस अघि बसेको बैठकले नै बढुवा समिति समितिले प्रशासनतर्फका सहसचिवहरु आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई बढुवाका लागि सिफारिस गरिसकेको छ ।
त्यसै गरी प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ पनि सचिव बढुवाका लागि सिफारिस भएका छन् ।
आज बस्ने मन्त्रिपरिसद्को बैठकले प्रशासन र प्राविधिकतर्फ बाट एक–एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको जनाएको छ ।
