आजदेखि बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ सञ्चालनमा आउने

असोज १२ काठमाडौं ।

आज देखि बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ सञ्चालनमा आउने भएको छ ।

कालीगण्डकी नदीमा पानीको बहाव घटे पछि स्याङ्जाको बेल्टारीस्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आज देखि नै विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको हो ।

चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी गाउँपालिका–५ बेल्टारीमा रहेको आयोजना नदीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन बन्द गरेको थियो ।

नदीमा पानीको बहाव उच्च हुँदा जोखिम नहोस् भनेर उत्पादन रोकिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले बताएका छन् ।

नदीको सतह घट्दै गए पछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन पुनः सुरु गर्न लागिएको बताएका छन् ।

बाढी पछिको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले उत्पादन सुरु गर्न सकिने पौडेलले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *