आज अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेट

असोज १२ काठमाडौं ।

आज अर्थमन्त्री स्वर्णिम वाग्ले र एआईबी अध्यक्ष जियायीबीच भेट भएको छ ।

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको हो ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेको बताएका छन् ।

एआईआईबी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरेको छन् ।

अर्थमन्त्री वाग्ले सँगको भेटमा विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।

अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने समेत बताएको जनाएका छन् ।

एआईआईबी संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

भेटका अवसरमा अर्थमन्त्री वाग्लेले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *