असोज ६ काठमाडौँ ।
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ १३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा छ ।
कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४२ रुपैयाँ १४ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १५ पैसा र बिक्रीदर ११ रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६३ पैसा छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा छ ।
बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८६ पैसा बिक्रीदर ४०७ रुपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।