नयाँ डिजाइनको ५० रूपैयाँको नोट चलनचल्तीमा आउँदै

असोज २ काठमाडौं ।

आज देखि नयाँ डिजाइनको ५० रुपैयाँको नोट चलनचल्तीमा आउँदै छ ।

आज देखि नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउने भएको हो ।

राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ ।

नयाँ ५० रुपैयाँको नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिने राष्ट्र बैंकले जनाउको छ । नोटमा २०८३ साल असोज २ गते देखि चलनचल्तीमा ल्याउने उल्लेख गरेको छ ।

नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंक बाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । पानी छापको मुनी ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ ।

नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । उक्त नोटमा उल्लेखित संकेत नम्बरमध्ये ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *