असोज १ काठमाडौं ।
आज दिँउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।
संघीय संसद्, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौता माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
कानुनमन्त्री सोबिता गौतमले सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
Post Views: 4