असोज १ काठमाडौं ।
आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान गरेका छन् ।
आज बिहन अर्थमन्त्री डा. वाग्ले ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् ।
भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमण सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ ।
भ्रमणको दोस्रो दिन शुक्रबार बिहान ९ बजे पूर्वविदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले सहभागी हुने कार्यसूची रहेको छ ।
सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकर सँग भेटवार्ता तय गरिएको छ । भने साँझ साढे ७ बजे भारत व्यापार सम्वर्दधन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि सहभागी हुने तय भएको छ ।
भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुने जनाएका छन् ।
शनिबार बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्राज्ञिक छलफलमा सहभागिता जनाएर उनी शनिबार साँझ ४ बजे नेपाल फिर्ता हुने कार्यक्रम रहेको जनाएको छ ।