साउन ३१ काठमाडौं ।
भारतीय प्रधानसेनापति सेठ काठमाडौं आइपुगेका छन् ।
भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आफ्नो पहिलो विदेश भ्रमणको रूपमा नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन् ।
भरतीय जनरल धिरजलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारत बाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अधिकारी रहेका छन् । भने सेठले नेपाल बाट आफ्नो पहिलो विदेश भ्रमण थालेका छन् ।
काठमाडौं बसाइँको क्रममा सेठले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देल लगायत सँग भेटवार्ता समेत गर्ने तयारी रहेको जनाएका छन् ।
Post Views: 1
