गोरक्षतालको प्रवद्र्धन गर्ने उद्देश्यले साइकल यात्राको आयोजना

साउन ३१ काठमाडौं ।

गोरक्षतालको प्रवद्र्धन गर्ने उद्देश्यले साइकल यात्राको आयोजना गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको प्रवद्र्धन गर्ने उद्दश्यले हिमालयन राइडर्स सोसाइटी हेटौँडाले साइल यात्राको अभियान सुुरु गरेको छ ।

पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइक्लिङ आयोजना गरेको जनाएको हो ।

सोसाइटीका अध्यक्ष राजु थापामगरको अनुसार साइक्लिङका माध्यम बाट हेटौँडा सहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवद्र्धन गरिरहेको र गोरक्षतालको प्रचारप्रसार गर्ने उद्देश्यले साइक्लिङको आयोजना गरिएको बताएका छन् ।

हेटौँडा बजार बाट चतरा जाने मुख्य सडक हुँदै करिब २० किलोमिटर पूर्वमा रहेको गोरक्षताल अवस्थित रहेको छ ।

सुरुमा सानो खोल्सो बाट पानी बग्ने गरेकामा २०६० सालमा स्थानीयवासीको पहल तथा जिल्ला विकास समितिको सहयोगमा हरना फाँटमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले बाँध निर्माण गरी पानी जम्मा गरिए पछि गोरक्षताल निर्माण भएको हो ।

वि.सं. २०७० मा यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ गोरक्षताल संरक्षण समिति गठन गर्दै पर्यटकीय विकासको पहल थालिएको जनाएको छ ।

तालको प्रचारप्रसार सहित पर्यटन प्रवद्र्धनको उद्देश्य सहित सोसाइटीले साइक्लिङ मार्फत यस क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरेको अध्यक्ष थापामगरले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *