इरानले हर्मुजमा आफ्नो जहाज माथि आक्रमण गरेको युएईको आरोप

साउन ३१ काठमाडौं ।

इरानले हर्मुजमा आफ्नो जहाज माथि आक्रमण गरेको युएईले आरोप लगाएको छ ।

अबु धाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को एक जहाज माथि इरानले आक्रमण गरेको आरोप लगाएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनीको जहाजमा एडीएनओसीको जहाज माथि हर्मुज जलमार्ग बाट पार हुँदै गरेको अवस्थामा इरानले आक्रमण गरेको जनाएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुका अनुसार एडीएनओसीले घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र अवस्था नियन्त्रणमा रहेको उल्लेख गरेको छ ।

यूएईको विदेश मन्त्रालयले तेहरानलाई जहाजहरू माथि आक्रमण तत्काल रोक्न तथा शत्रुता अन्त्य गरी हर्मुज जलमार्ग पूर्ण रूपमा पुनः खोल्न आग्रह गरेको छ ।

घटना बारे इरानले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । इरानको रिभोलुसनरी गाड्र्सले यस अघि हर्मुज जलमार्ग बाट आवतजावत गर्ने जहाजहरू तेहरानका विरोधी देशसँग सम्बन्धित भए वा इरानका निर्देशन पालना नगरे कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

इरान र ओमान बीच रहेको साँघुरो हर्मुज जलमार्ग विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्गको रहदै आएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *