साउन २९ काठमाडौं ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त भएका छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले आजै अपराह्न शपथ गह्रण गर्ने तय भएको जनाएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज भट्टले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई जिम्मेवारी र चुनौतीको भारी थपिएको प्रतिक्रिया दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता भट्ट नेकपा एमालेको समर्थनमा आज मुख्यमन्त्री नियुक्त भएका हुन् ।
खुसी भन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको महसुस भएको भट्टले बताएका छन् ।
भट्टले काम गर्नेक्रममा धेरै नै चमत्कार सम्भव नहुने भन्दै गरेका काम राम्रा गर्ने समेत बताएका छन् ।
Post Views: 4
