पहिरोले तातोपानी नाका अवरुद्ध

साउन २४ काठमाडौं ।

पहिरोका कारण तातोपानी नाका अवरुद्ध भएको छ ।

पुनः पहिरोका कारण तातोपानी नाका अवरुद्ध हँदा आयात–निर्यात प्रभावीत बनेको छ ।

नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साता भन्दा लामो समय देखि अवरुद्ध हुँदा आयात–निर्यात प्रभावीत बनेको हो ।

तातोपानी नाका हुँदै नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ ।

विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभावीत बनेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले बताएका छन् ।

नाकामा सडक अवरुद्ध भएकाले चीनतर्फ बाट मालवाहक सामानसहितका कन्टेनर पनि आवत जावत गर्ने नसकेको बताएका छन् ।

अब सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो नलागेको बताएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *